Bisal Chautari Logo

खोटाङको पञ्चमी बजारमा दुई दिने शिविर समापन || अधिकांस स्थानीयले सेवा लिए

- १८ जेष्ठ २०७६, शनिबार १६:०७ मा प्रकाशित


khotang news diprung chuichumma gaupalika
विशाल चौतारी समाचार
खोटाङ, २०७६ जेठ १८ शनिबार ।
खोटाङको सप्तेश्वर छितापोखरीको पञ्चमी बजारमा विषयगत दुई दिने शिविरबाट अधिकांस स्थानीयले सेवा लिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर आज समापन भएको छ । काठमाडौंबाट गएका चिकित्सक केदार नर सिं केसीको १३ जनाको टोलीलाई बिदाइ गरिएको छ । चिकित्सक केदार नर सिं केसीको १३ जनाको टोलीले स्वास्थ्य उपचार दिएका थिए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको प्रमुख बजार पञ्चमी बजारमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा गत शुक्रबारबाट शिविर सुरुवात भएको हो । शिविरमा विभिन्न विषयगत क्षेत्रका दर्जनौ स्थानीयहरुले सेवा लिएका छन् । हाडजोर्नी तथा नशा सम्बन्धी १९१ जना, आखा सम्बन्धी २११ जना, बालरोग तथा जनरल फिजिसियन सम्बन्धी ३४२ जना, गाइनो तथा स्त्रीरोग सम्बन्धी ८१ जना, दात सम्बन्धी १२१ जनालाई सेवा पु¥याएका थिए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईसंग गरिएको कुराकानी

त्यस्तै अपाङ्ग परिचयपत्र अन्तर्गत क बर्गमा ७ जना महिला र १ जना पुरुष, ख बर्गमा १० जना महिला र ८ जना पुरुष, ग बर्गमा ८ जना महिला र ७ जना पुरुष, घ बर्गमा ४ जना महिला र १२ जना पुरुषलाई अपाङ्ग परिचयपत्र प्रदान गरियो ।
त्यस्तै जेष्ठ नागरिक परिचयपत्रमा ४० जनाले लिएका छन् । जिल्ला प्रशासन कार्यालयको घुम्ती शिबिरद्वारा २८८ वटा नया तथा २२ वटा प्रतिलिपी र जिल्ला निर्वाचन कार्यालयद्वारा २३० वटा मतदाता नामावली दर्ता भइ सकेको गाउपालिकाले जानकारी दिएको छ । साथै नागरिकता प्रमाणपत्र र मतदाता नामावली शिबिर भोलिसम्म हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वर्ष गर्दै आएको शिविर अन्तरगत यसवर्षको शिविरको पहिलो दिन स्वास्थ्यतर्फ हाडजोर्नी तथा नशामा १०५, आँखा १३४, वालरोग तथा जनरल फिजिसियन १७६, गाइनो तथा स्त्री रोग ४८, दाँतको ६५ जनागरी ५ सय २८ जनाले उपचार गराएका छन् । अपांग परिचय पत्रतर्फ ‘क’ वर्गमा पाँच महिला, एक पुरुष, ‘ख’ वर्गमा पाँच महिला, दुई पुरुष, ‘ग’ वर्गमा चार महिला दुई पुरुष र ‘घ’ वर्गमा दुई महिला चार पुरुषले अपांग परिचयपत्र पाएका छन् । याम्खाकी मिरा कार्की अधिकारीलाई पहिलो परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै, पहिलो दिन छितापोखरीकी ज्येष्ठ नागरिक चन्द्रमाया खड्काले पहिलो ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छन् । उनलाई शिविरको अवसरमा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले ज्येष्ठ नागरिक परिचयपत्र हस्तान्तरण गरेका थिए । उनीजस्तै अन्य चार जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् ।

प्रतिक्रिया