Bisal Chautari Logo

७१ जना यात्रु बोकेको विमान दुर्घटना, सबै मारिए फोटो सहित

- २९ माघ २०७४, सोमबार ११:२२ मा प्रकाशित


Kill all the passengers carrying 71 passengers
एजेन्सी 
काठमाडौँ, २०७४ माघ २९ सोमबार । मस्कोबो दमदजियदवा विमानस्थलबाट उडान भरेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । जसमा ६ जना क्रु मेम्बरसहित ६५ जना यात्रु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानका सहचालक

सारातोफ एयरलाइन्सको त्यो विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रुसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको छ ।

रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । एन्टोनफ एन – १४८ विमान कजाकिस्तनको सीमा नजिकै रहेको उराल्सको ओरस्क गैरहेको थियो । स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो ।

हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले ट्वीट गर्दै भनेको छ कि उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको थियो ।
हिउँले ढाकिएको मैदानमा दुर्घटनाग्रस्त विमानका अवशेषहरु देखिएको छ । रुसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शब छरिएको अवस्थामा भेटिएको छ । रुसी राष्ट्रपतिले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिनुभएको छ । सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक कमर्सियल प्यासेन्जर जेट दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया