Bisal Chautari Logo

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

- २८ चैत्र २०७५, बिहीबार ०६:२९ मा प्रकाशित


KILLER ARRESTED

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।

सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा हिजो विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र सदामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । रासस

प्रतिक्रिया