Bisal Chautari Logo

केएल मोबाइल हब अफर : माबोइल किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैंमा

- ११ फाल्गुन २०७४, शुक्रबार १८:१० मा प्रकाशित


KL Mobile hub offers salman khan concert ticket
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ११, शुक्रबार । केएल मोबाइल हबको मोबाइल मेलामा मोबाइल खरिद गर्दा बलिउड स्टारहरुको कार्यक्रमको पास निःशुल्क पाईने भएको छ । मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने तथा एक्सचेञ्ज गर्ने ग्राहकलाई बाइ वान गेट वान अफरसँगै मार्च १० मा टुडिखेलमा हुन लागेको बलिउड स्टार सलमान खान सहितका कलकारहरुको कार्यक्रम निःशुल्क हेर्न पाउने भएका हुन् । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । ग्लाइडरका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल, ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड, दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन ।

चाबहिल चुच्चेपाटीस्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को एउटा मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले जानकारी दिए । यो योजनामा सामसुंग, आईफोन, भिभो, ओप्पो लगायतका मोबाइल किन्नेहरुले अर्को मोबाइल सित्तैंमा पाउने छन् । मेलामा मोबाइल खरिद गर्नेले एउटा किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यो अफर लेनोभो, एमआई, हुवावे, पानासोनिक, जेडटिई, एचटिसीलगायत ब्राण्डका मोबाइल किन्ने ग्राहकहरुमा लागू हुने बताएको छ । मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया