Bisal Chautari Logo

उत्तर कोरीयाले अमेरिका माथि आक्रमण गर्ने

- २७ श्रावण २०७४, शुक्रबार १२:४१ मा प्रकाशित


 Korea will attack the America
ऐजेन्सी
काठमाडौा, २०७४ श्रावण २७ शुत्रबार । उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ । उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ ।
uter koriya

पछिल्ला चार दशकदेखि उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रद्द गर्न सम्झाउने कोसिस जारी छ । यस्तो पहिल्यैदेखि लागिरहेको थियो कि उत्तर कोरिया परमाणु हतियार तथा मिसाइल क्षमता हासिल गर्ने धुनमा छ ।
उत्तर कोरियाको साथमा कति क्षमता छ भन्ने थाहा पाउन असम्भव छ । उत्तर कोरियाले दाबी गरेको छ, उसका साथमा यस्ता मिसाइल छन्, जसको लक्ष्य अमेरिका रहेको छ । उत्तर कोरियाका हालैका दुई परीक्षणबाट पश्चिमी देशले पनि उसको दाबीमा सत्यता रहेको स्विकार्न थालेका छन् ।
जापान सरकारले हालै सुरक्षासित जोडिएको एक श्वेतपत्र जारी गरेको छ । यसमा यस विषयलाई स्वीकार गरिएको छ कि उत्तर कोरियासित पहिल्यैदेखि ससाना परमाणु हतियार छन्, यिनलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ ।
उता अमेरिकी अधिकारीको भनाइअनुसार पनि उत्तर कोरियाले साना परमाणु हतियार विकसित गरेको छ, जसलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ । तर, यसको बाबजुद पनि यो प्रस्ट छैन कि उत्तर कोरियाको साथमा परमाणु हतियार छ कि छैन ? यद्यपि उत्तर कोरियाले परीक्षणको दाबी भने गरेको छ ।

अब उत्तर कोरियाले एक सक्रिय लामो दूरीको परमाणु क्षमता हासिल गरेको विषयमा कुनै शंका रहेन, अब उसले यसको प्रयोग कहिले गर्छ ? त्यो भने अबका केही वर्षमा प्रस्ट हुनेछ ।

उत्तर कोरियाको अवस्था तथा अमेरिकामा डोनाल्ड ट्रम्प बन्नु एक संयोग हो । ट्रम्प ह्वाइट हाउस पुग्नु इतिहासको दुर्घटना हो । यस संयोगका कारण उत्तर कोरियाको परमाणु संकटलाई थप खतरनाक बनाइदिएको छ । यसमा अमेरिकी राष्ट्रपतिको कोलाहलपूर्ण विदेश नीतिको झलक पनि देख्न सकिन्छ ।
उत्तर कोरियामाथि ट्रम्पको ट्विट उनको अनुभवहीनता, स्याल हुइाया तथा धम्कीलाई प्रस्ट रूपमा अनुभव गर्न सकिन्छ । ट्रम्पको यस रबैयाबाट चिन्ता थप बढेको छ । उत्तर कोरियाली नेता किम जोङ उनलाई पश्चिम अप्रत्यासित तथा अनियन्त्रित रूपमा हेर्ने गर्छ ? अब त ट्रम्पलाई पनि त्यही रूपमा संसारले हेर्न थालेको छ ।
अमेरिकाका एक पूर्वरक्षामन्त्रीले ट्रम्पको व्याख्या गर्दै ‘चिनिएका अपरिचित’ भनेका छन् । कसैलाई कुनै अत्तोपत्ता हुादैन, ट्रम्पले कस्ता प्रतिक्रिया दिन्छन् । यस्तोमा अवस्था झनै खतरनाक बन्ने गर्छ । यसका साथै, यो पनि लाग्छ कि उनी ध्यान केन्ऽित गरिरहेका छन्, तर कमसेकम चीनमाथि चाहिा होइन ।
प्रस्ट छ, कैयौा यस्ता क्षेत्र छन्, जहाा थाहा पनि हुादैन कि अमेरिकाको वास्तविक नीति के हो ? जटिल कूटनीतिमा सन्देशको स्पष्टताको निकै ठूलो महत्व हुन्छ । यस्तोमा यो प्रश्न उठ्छ कि अमेरिकी विदेश नीतिको वास्तविक प्रतिनिधि को हो ?
के अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन उत्तर कोरियाली संकटमा आफ्नो भूमिका सही रूपमा निभाइरहेका छन् ? अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियासित कुराकानीको सम्भावना पनि व्यक्त गरिसकेका छन् । के ट्रम्पको ट्विटबाट यस्तो लाग्छ कि उत्तर कोरियामाथि दबाब धेरै बढिरहेको छ?
यसमा कुनै शंका छैन कि उत्तर कोरिया संकटमा स्थिति निकै नाजुक बनिसकेको छ । उत्तर कोरिया नरोकिनुको अर्थ ऊ छिटै अमेरिकामाथि परामाणु आक्रमणका लागि सक्षम हुनेछ भन्ने हो ।
यतिखेर ट्रम्प प्रशासन कैयौा मोर्चामा नीतिगत संकटसित जुधिरहेको छ । खासगरी चीन, दक्षिण कोरिया तथा जापानका लागि ट्रम्प प्रशासनको कुनै स्पष्ट नीति छैन । अमेरिकाले कुनै न कुनै तरिकाबाट उत्तर कोरियाको सामना गर्नु छ ।

प्रतिक्रिया