Bisal Chautari Logo

जसले केपी ओलीलाई प्रधानमन्त्री बनाए, उनैले हटाउदैछन् ( Video)

- ७ श्रावण २०७३, शुक्रबार १८:१३ मा प्रकाशित


kp oli and prachanda


काठमाडौ, २०७३ श्रावन ७ शुक्रबार । नौ महिना केही दिन अघि व्यवस्थापिका संसदको रोष्टममा उभिएर माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निर्वा्चित गरियोस् भनेर प्रस्ताव गरेका थिए ।
शुक्रबार तीनै प्रचण्ड रोष्टममा उभिए र, ओलीलाई प्रधानमन्त्रीबाट हटाइयोस् भनेर अविश्वासको प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्दै प्रचण्डले भने, ‘मैले त्यति बेला भनेको थिएा कि राजनीति सम्भावनाहरु खेल हो । आज पनि भन्छु कि राजनीति भनेको सम्भावनाको खेल हो ।’
Prachandमाओवादीले कांग्रेससहितका दलहरुसाग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ ।
अविश्वासको प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्तीले तीन दिनको समय तोकेकी छन् । छलफलको अन्त्यमा प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ ।
यदि कुनै ठूलै उपलपुथल भएन भने संसदले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पास गर्ने पक्का छ ।

अनलाइनखबर साभार

प्रतिक्रिया