Bisal Chautari Logo

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

- ३ फाल्गुन २०७४, बिहीबार ०९:३७ मा प्रकाशित


KP Sharma is appointed to the Oli PM
विशाल चौतारी समाचार ।
काठमाडौँ, २०७४ फाल्गुन ३ बिहिबार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली दोस्रो कार्यालयका लागि प्रधानमन्त्री बनेका छन्।
प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले संविधान अनुसार ओलीलाई प्रधानमन्त्री नियक्त गरेको हो।
यसअघि ओली आफूलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले राष्ट्रपतिसमक्ष समर्थनको पत्र बुझाएका थिए। ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, अग्नी खरेल पत्रसहित शितलनिवास पुगेका थिए।
नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे शीतल निवासमा सपथ लिने छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्।

प्रतिक्रिया