Bisal Chautari Logo

गीतकार कृष्ण केसीको ‘कोहि त बताइदेउ’ सन्तोष लामाको स्वरमा सार्वजनिक (भिडियो सहित)

- २२ जेष्ठ २०७४, सोमबार ०८:२६ मा प्रकाशित


Krishna k.c and Santosh Lama song Kohi ta
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २२ सोमबार । गीतकार कृष्ण केसीले यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्‍यो’ लगायतका चर्चित गीत श्रोतामाझ ल्याइसकेका छन् । उनै, केसीले लेखेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
Krishna k.c and Santosh Lama song Kohi taहरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा चर्चित छन् । ‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।
सन्तोष यो गीत आफूलाई निकै मन परेको बताउँछन् । सन्तोषको चौथो एल्बम ‘सहकार्य’मा यो गीत समावेश हुनेछ । सन्तोषले एल्बम चाडै नै बजारमा आउने बताए ।
यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ । गीतको भिडियोमा सुमन कँडेल, यमुना गैरेको मोडलिङ हेर्न सकिन्छ ।
गीतमा सन्तोषले कसैसँग माया किन हुन्छ ? भनेर प्रश्नको जवाफ खोजिरहेका छन् । यो गीतले आफूलाई नयाँ उचाँइ दिने सन्तोषको विश्वास छ ।

Santosh Lama- Kohi ta New Nepali Modern Song (Official Music Video)

Published on Jun 2, 2017

Santosh Lama’s Latest Release Kohi ta .. from his upcoming Album “SAHA-KARYA ” This is his fourth solo Album .
Lyrics-Krishna k.c.
Music- Hari Lamshal
Vocal – Santosh Lama
Arranger – Gopal Rasaili
Artist – Suman Kandel / Yamuna Gaire
Edit / D.O.P /Direction – Jeewan Rasaili
Thanks to – Bipin Basnet

प्रतिक्रिया