Bisal Chautari Logo

दयाहाङ र उपासनाको ‘माया पिरती’ बोलको गीत (भिडियो सहित)

- ३१ भाद्र २०७६, मंगलवार ०७:१७ मा प्रकाशित


kabaddi kabaddi kabaddi movie song 
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ३१ मंगलवार।
सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बर ‘माया पिरती’मा कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरीको प्रेम दर्साइएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वरमा गीत तयार भएको छ । गीतले दयाहाङ (काजी)को पिरव्यथा बोल्छ । यसअघि सिनेमाको ‘दुबो फुल्यो’ र शिर्ष गीत सार्वजनिक भैसकेका छन् । ‘दुबो फुल्यो’लाई ५४ लाख बढी पटक हेरिएको छ । भने, शिर्ष गीतले पनि तारिफ बटुलिसकेको छ ।
रामबाबु गुरुङ निर्दे्शित सिनेमामा कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल,
अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।
निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी रहेको सिनेमामा रुदेन सदा लेप्चाको सह(लगानी छ । सिनेमा असोज ३ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया