Bisal Chautari Logo

‘बादशाह जुट’को सुसाइड गीत सार्वजनिक (भिडिया सहित)

- ३ कार्तिक २०७६, आईतवार ०९:०८ मा प्रकाशित


SUCIDE SONG || BAADSHAH JUTT || Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ३ आइतवार ।
कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ’बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की फिचर्ड लोक लय पछि चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचरिङ छन् । ’सुसाइड’ गीतमा प्रेममा परेपछि तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह रानाको शब्द शृजना रहेको गीतमा कोशिस क्षेत्रीको संगीत छ । भने, स्वरमा रुपक डोटेलसँग संगीतकार क्षेत्रीले सहकार्य गरेका छन् । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।
निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । सिनेमामा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ भने प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।
चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।
एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

प्रतिक्रिया