Bisal Chautari Logo

प्रदीप खड्का र दुई नव अभिनेत्री बडीगार्ड सहित प्रेसमिटमा || चलचित्र ‘लिलि बिली’को घोषणा

- २७ भाद्र २०७४, मंगलवार १६:०३ मा प्रकाशित


lily bily nepali movie pradeep khadka, jassita gurung and Rebika Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २७ मंगलबार । अभिनेता प्रदीप खड्का लिड हिरो रहने गरी चलचित्र ‘लिलि बिली’ बन्ने भएको छ । प्रदीपको अपोजिटमा दुई नव अभिनेत्री जसिता गुरुङ र रेविका गुरुङ रहनेछन् । चर्चित निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्रमा अभिनेता अनपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।
दरबारमार्गको होटल अन्नपूर्णमा मंगलबार आयोजना गरिएको चलचित्र लिलि बिलीको प्रेसमिटमा अभिनेता प्रदिप खड्का चार जना बढीगार्ड सहित उपस्थित भएका थिए । नव अभिनेत्रीलाई समेत दुई दुई जना बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान, अनुशासन र परिपाटी बसाल्न यसो गरिएको बताए ।
काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने लिलि बिली को छायाँकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने चलचित्रको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । कमेडी लभ स्टोरी जनराको चलचित्रमा छायाँकार र संगीतकार भने तय हुंन बाँकी छन् । लिलि बिली चैत ३० गतेदेखि प्रदर्शनमा आउने समेत प्रेसमिटमा उद्घोष गरियो ।

तस्बिर : नबिन राई

प्रतिक्रिया