Bisal Chautari Logo

फिल्म हेर्दा हेर्दै हलभित्रै युवती बलात्कृत

- २० माघ २०७४, शनिबार १०:०० मा प्रकाशित


Looking at the movie, the girl is raped in the hall
एजेन्सी
काठमाडौँ ,२०७४ माघ २० शनिबार । एउटा सिनेमा हलमा अनौठो बलात्कारको घटना सार्वजनिक भएको छ । १९ वर्षीय युवतीलाई २३ वर्षीय युवकले चलचित्र हेरिरहेका बेला चलचित्रघरको हलभित्रै बलात्कार गरेको आरोप लागेको छ । घटना भारतको हैदरावादस्थित एउटा सिनेमा घरको हो ।
                                                                                                                         फाइल फोटो

प्रहरीका अनुसार पीडित युवतीले प्रशान्त थियटरमा ‘पद्मावत’ चलचित्र हेर्दै गर्दा अभियुक्त युवकले बलात्कार गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यस समय हलमा आसपासको सिट खाली थियो । पीडित युवती १२ कक्षामा अध्ययनरत छात्रा हुन् । उनको अभियुक्तसँग फेसबुकमार्फत सामान्य चिनजान भएको थियो । प्रहरीका अनुसार झण्डै २० दिन पहिला सिकंदराबादको एउटा होटेलमा भेटेका थिए ।
त्यस्तै २९ जनवरी २०१८ मा अभियुक्तले पीडित युवतीलाई एउटा होटेलमा बोलाएको प्रहरीले जनाएको छ । केही समयपछि उनीहरु प्रशान्त थियटरमा ‘पद्मावत’ हेर्न गएका थिए । जहाँ युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । युवतीको उजुरीपछि अभियुक्तलाई प्रहरीले ३१ जनवरीमा गिरफ्तार गरेको छ । उनलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ । बिबिसी

प्रतिक्रिया