Bisal Chautari Logo

महजोडी र निर्देशक प्रदिप भट्टराईविच नयाँ चलचित्र बन्ने घोषणा

- १७ आश्विन २०७६, शुक्रबार ०७:०३ मा प्रकाशित


madan krishna shrestha and hari bansha acharya
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १७ शुक्रवार ।
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र घोषणा गरिएको छ । निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकार जोडीविच टिमअप हुने भएको छ ।

यसअघि प्रदिपले मह संचारको ब्यानरमा बनेको चलचित्र ‘शत्रु गते’ निर्देशन गरेका थिए । जुन चलचित्रले ब्लकबस्टरको कमाई गरेको थियो । नयाँ चलचित्र भने ‘मह संचार’को ब्यानरमा निर्माण हुने छैन । यसपटक प्रदिपको निर्देशनमा बन्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्ने पक्का भएको हो ।
षटकोण आर्टस्को ब्यानरमा बन्ने चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्र २०७७ सालको कात्तिक ७ गते रिलिज हुनेछ । चलचित्रको टिमले आउँदो बर्षको दशैं लक्षित गरेर चलचित्र निर्माण गर्दैछ । चलचित्रको नाम तय गरिएको छैन ।
प्रदिपले षट्कोणको ब्यानरमा रहेर निर्माण गरेका दुई चलचित्र ‘जात्रा र जात्रै जात्रा’ पनि सुपरहिट भएका थिए ।

प्रतिक्रिया