Bisal Chautari Logo

इरानमा छ म्याग्निच्युडको भूकम्प

- १५ मंसिर २०७४, शुक्रबार ११:२२ मा प्रकाशित


Magnum’s earthquake in Iran
विशाल चौतारी समाचार
तेहरान, २०७४ मंसिर १५ शुक्रवार । इरानको दक्षिणपूर्वी इलाका बढी मात्रामा प्रभावित हुनेगरी शुक्रबार ६.० म्याग्निच्युडको भूकम्प आएको इरानको प्रेस टेलिभिजनले जनाएको छ ।
यस भूकम्पको केन्द्रबिन्दु केरम्यान प्रान्तीय राजधानी केरम्यानसहरनजिकै रहेको जनाइएको छ । यस सहर नजिकै कैयौँ गाउँमा सो भूकम्पको कम्पन महसूस गरिएको र मानिस डर र त्रासले घरबाट निस्किएर सडकमा आइपुगेका जनाइको छ । तर हालसम्म यस भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको कुनै पनि विवरण भने प्राप्त नभएको प्रेस टिभीले जानकारी दिएको छ ।
इरानमा गत नोभेम्बर १२ मा आएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४७० भन्दा बढीको मृत्यु भएको थियो । सो भूकम्पबाट नौ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । यस भूकम्पबाट केम्र्यानशाह प्रान्तमा १६ हजार घर क्षतिग्रस्त भएका छन् ।
सन् १९९० को जुन १ मा इरानको इतिहासमा सवैभन्दा डरलाग्दो भूकम्प आएको थियो । यस भूकम्पमा परी कम्ती ३७ हजार व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी केरम्यान प्रान्तको बाममा सन् २००३ को डिसेम्बरमा आएको भूकम्पमा परी कम्तीमा ३१ हजार व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया