Bisal Chautari Logo

कान्तिपुरले चलचित्र बनाउने घोषणा

- २१ श्रावण २०७६, मंगलवार ०८:५४ मा प्रकाशित


Making the movie announcement
विशाल चौतारी समाचार
काठमाण्डौ, २०७६ श्रावन २१ मंगलवार।
लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । विजय लामा र सरिता लामिछाने बाहेक यो फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् ।
‘म’ मा जितेन लेप्चाको गीत रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् । फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए । फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई । अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए ।

प्रतिक्रिया