Bisal Chautari Logo

आयुषको स्वरमा ‘हजार जुनीसम्म’को टाइटल गीत रिलिज

- २६ श्रावण २०७६, आईतवार १८:२२ मा प्रकाशित


hajar juni samma movie title song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, २६ आइतबार ।
भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा थर्ड रनरअप भएका आयुष केसीले गाएको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीत रिलिज भएको छ ।

विकासराज आचार्यले निर्देशन गरेको चलचित्रको गीतलाई गायक उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई रि–एरेञ्ज गरिएको थियो । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए थिए । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ ।
पवन चाम्लिङ्ग ‘किरण’को शब्द रहेको गीतमा योगेन्द्र घतानीले संगीत भरेका छन् । उदयको स्वरमा चलचित्रमा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्शवगायनमा डेब्यु गरेका हुन् ।
साउन ३० गते देखि प्रर्दशन हुने चलचित्रमा आर्यन सिग्देल, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत, प्रियंका कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
कविता रेग्मीले निर्माण गरेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

गीत हेर्नुस् :-

प्रतिक्रिया