Bisal Chautari Logo

‘काले दाई’की माला लिम्बुले भनिन,– ‘एक्सन मुभि गर्ने मन छ’ (भिडियो अन्र्तवार्ता)

- १६ बैशाख २०७४, शनिबार ०४:१७ मा प्रकाशित


Mala Limbu Interview with bishal rai Action movie 
विशाल चौतारी समाचार
विशाल राई
काठमाडौ, २०७४ बैशाख १४ बिहिबार । पछिल्लो समय नेपाली चलचित्रको गीतहरु एकपछी अर्को गर्दै १ करोड माथी हेरिन थालेको छ । नेपालमा युट्युव चलाउनेको संख्या र नेपालको जनसंख्या हेर्दा १ करोड माथी एउटा गीतलाई हेरिनु भनेको नौलो कुरा नै हो । यही समयमा ९५ लाख भन्दा बढीले हेरिसकेको चलचित्र ‘पर्व’को आइटम गीत ‘काले दाई’बाट चर्चामा रहेकी अभिनेत्री माला लिम्बुले एक्सन चलचित्रमा काम गर्ने सोच राखेकी छिन् ।
Mala Limbu Interview with bishal rai Action movieविशाल चौतारीसंगको कुराकानीमा अभिनेत्री मालाले एक्सन चलचित्रमा काम गर्ने सोच रहेको कुरा बताएकी हुन् । तपाइलाई कस्तो किसिमको मुभिमा काम गर्ने सोच छ भन्ने प्रश्नमा अभिनेत्री मालाले भनिन्, ‘हालसालको लागी चाही टु बि रियल्ली अनेस्ट एक्सन मुभि चाही गर्ने मन छ ।’
Mala Limbu Interview with bishal rai Action movie -1अभिनेत्री मालाले थप्दै भनिन्, चलचित्र भनेपछी फिल्मी त हुनै पर्छ, तर रियल क्यारेक्टर रोलहरु गर्ने सोच छ । अभिनेत्री मालाले एक्सन चलचित्रहरुका लागी चाहिने मार्सट आर्टसंगै किक र पन्चमा आफुमा राम्रो रहेको समेत बताइन् ।

पुरा अन्र्तवार्ता हेर्नुहोस् :

प्रतिक्रिया