Bisal Chautari Logo

प्रिमियर लिगमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित

- १४ मंसिर २०७४, बिहीबार ०७:३३ मा प्रकाशित


Manchester City constantly won the 12th in the Premier League
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १४बिहिवार । प्रिमियर लिग स्टर्लिङको इन्जुरी टाइम गोलमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित गेरेको छ ।
सिटीले साउथह्याम्पटनलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रा कायमै रखेको छ। स्टर्लिङले इन्जुरी टाइमको छैटौँ मिनेटमा निर्याणयक गोल गरेका थिए। त्यसअघि घरेलु मैदान एतिहाड स्टेडियममा केभिन डे ब्रुएनाले ४७औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। साउथह्याम्पटनका लागि ७५औँ मिनेटमा रोमेयले गोल गरेका थिए।
जितपछि सिटीले प्रिमियर लिगमा यस सिजन लगातार १२ खेल जितेको छ भने अपराजित यात्रालाई १४ खेलसम्म र्पूयाएको छ। सिटीले एकै सिजन लगातार १२ खेल जित्ने क्लब रेकर्ड बनाएको हो।
१४ खेलबाट ४० अंक जोडेको सिटी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि ८ अंकको अग्रता बनाएको छ।

प्रतिक्रिया