Bisal Chautari Logo

‘मारुनी’को अफिसियल पोस्टर सार्वजनिक

- १७ श्रावण २०७६, शुक्रबार ०७:१३ मा प्रकाशित


Maruni Movie Poster
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ श्रावन १७ शुक्रवार।
यसपालीको तीज लक्षित गरिएको भदौ १३ को रिलिज डेट चर्चामा छ ।

कारण, तीजको विदा खान नेपाली सिनेमाको बलिउडसँगको लुकामारी
भारतीय सिनेमा ‘साहो’को कारण यो मितिबाट ‘कबड्डी कबड्डी कबड्डी’ले ठाउँ छोडिसकेको छ । भने, नेपाली सोलो रिलिज अन्तर्गत ‘मारुनी’ हलचल भएको छैन । अब यो मितिमा ‘मारुनी’ एकल रिलिज हुनेछ । विहिबार सिनेमाको दुई अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘कलर अफ लाइफ’ उपशिर्षक दिइएको पोस्टरमा पहिलो पटक डेब्यु अभिनेत्री रेविका गुरुङ पनि अटाएकी छन् । कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का सिनेमाको लिड हुन् । त्रिकोणात्मक प्रेमकथालाई नवल नेपालले निर्देशन गरेका हुन् । नेपाल निर्देशित पछिल्लो सिनेमा ‘मङ्गलम’ले निक्कै प्रसंशा भेटेको थियो । पोस्टर रिलिज गरेसँगै निर्देशक नेपालले सिनेमाको कथाबस्तु खोलेका छन् । सिनेमाले महिला(महिला बीचको कथा बोल्छ । पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको सिनेमामा दीपक बज्राचार्यरअर्जुन पोखरेलरकृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयालरनवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।

प्रतिक्रिया