Bisal Chautari Logo

चलचित्र ‘मारुनी’को गीत रिलिज, पुष्प र साम्राज्ञीको बबाल डान्स (भिडियो सहित)

- २८ जेष्ठ २०७६, मंगलवार ११:४७ मा प्रकाशित


MARUNI Movie Song released
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ २८ मंगलबार ।
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टार चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत काठमाण्डौमा एक प्रेसमिट मार्फत सार्वजनिक गरिएको थियो । दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको यो गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ । गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

निर्देशक नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए ।
गायक दिपक बज्रचार्यले ‘मनमगन’ पछि उत्कृष्ट गीत दर्शकमाझ ल्याएका छन् । गीतको भिडियोलाई पनि निर्माण गर्ने निर्मात्री गौतमले कुनै कसर बाँकी राखेकी छैनन् । नायक पुष्प खड्का र नायिका साम्राज्ञीको डान्स गज्जबको छ । पुष्प र साम्राज्ञीको डान्सले उनीहरुको फ्यानलाई खुशी बनाउन सक्छ ।
यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने निर्देशक नवल नेपालको दाबी छ ।
तस्बिरहरु : रुपेश सेन्चुरी

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया