चर्चित गायिका मेलिना र नव गायक जेरीको स्वरमा ‘सिरिमा सिरि’ रेकर्ड (अन्र्तवार्ता सहित)

Melina Rai and Jerry Rai song siri ma siri Basanta Sapkota, Ram Repchung Rai interview
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २६ सोमबार । चर्चित गायिका मेलिना राई र नव गायक जेरी राईको स्वरमा नयाँ गीत रेकर्ड भएको छ । यस गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन्, भने पछिल्लो समयका चर्चित गीतकार राम रेप्चुङ राईको शब्द रहेको छ । हिजो काठमाडौको आर बि स्टुडियोमा गीतको रेकर्ड सम्पन्न भएको थियो ।
‘सिरिमा सिरि’ बोलको गीतलाई उदय राज पौडेलले एरेञ्ज गरेका हुन् । यो गीत एकदमै राम्रो बनेको गायिका मेलिना र बसन्तले बताए । सधै यो गीतको म्युजिक भिडियोपनि चाडै सुटिङ भएर सार्वजनिक हुने गीतकार राम रेप्चुङ राईले बताए । नव गायक जेरी राई यही गीत रेकर्डका लागी अमेरीकाबाट आएकोपनि विशाल चौतारीलाई बताए । भने ‘–मलाई मेलिना र बसन्त दाजुसंग पहिलेदेखी नै काम गर्ने सोच थियो ।

यस गीतको बारेमा आधारित रहेर गरिएको कुराकानी हेर्नुहोला :


मेलिनासंग रेकर्डिङ स्टुडियोमै गायन प्रतिस्पर्धा चलेपछी… Melina Rai, Basanta Sapkota, Ram Repchung Rai and Jerry Rai interview
Interviewee : Melina Rai, Basanta Sapkota, Ram Repchung Rai and Jerry Rai
Interviewer : Bishal Rai
camera : Nabin Rai