Bisal Chautari Logo

गायिका मेलिना राईको फेसबुक पेज भेरिफाइड || फेक पेजको हैरानिबाट मुक्त

- २२ फाल्गुन २०७४, मंगलवार ०५:३७ मा प्रकाशित


Melina Rai official facebook page verified
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २२, मंगलबार । नेपाली साङ्गीतिक क्षेत्रमा अहिले सम्मकै सबैभन्दा धेरै हेरिएको गीत ‘कुटुमा कुटु’ बनेको छ । केही दिन अगाडी मात्र यो गीत ५ करोड बढी हेरिएको छ । यस गीतकी गायिका अर्थात ‘कुटुमा कुटु’ गायिका मेलिना राईको आफ्नो अफिसियल फेसबुक पेजलाई फेसबुकले भेरिफाइड गरेको छ ।
आफ्नो अफिसियल फेसबुक पेज भेरिफाइड भएपछि गायिका मेलिनाले फेसबुक पेजका फ्यानहरुसंग खुसि सियर गरेकी छिन् । गायिका मेलिनाले पेज भेरिफाइड भएपछि रमाइलो गर्दै पहिलो पोष्ट लेखेकी छिन्,‘–
गायिका मेलिना राई नामको फेसबुक पेजहरु धेरै बनेको छ । तर फेसबुकले भेरिफाइड गरेपछि अब गायिका मेलिना राईको रियल फेसबुक पेज चिन्न उनका फ्यानहरुलाई सजिलो भएको छ ।
गायिका मेलिनाको अफिसियल फेसबुक पेजमा अहिले २ लाख १७ हजार ६ सय दुई (समाचार बनाइरहको समय) रहेको छ । गायिका मेलिना राई फ्यानहरुमाझ फेसबुक पेजमा अगाडी छिन् ।

भिडियो पनि हेर्नुहोस् :-


Melina Rai Interview

प्रतिक्रिया