Bisal Chautari Logo

मेक्सिको विश्वकपमा छनोट

- १९ भाद्र २०७४, सोमबार ०९:५३ मा प्रकाशित


Mexico chooses in World Cup
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १९ सोमबार । सन २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि मेक्सिका छनोट भएको छ।
गएराती भएको पनामालाई १–० ले पराजित गर्दै मेक्सिकोले ३ खेल अघि नै विश्वकप यात्रा तय गरेको हो। मेक्सिकोलाई जित दिलाउन हिर्भिङ लोजानोले निर्णायक गोल गरेका थिए।
अन्तिम चरणको छनोटमा ७ खेल खेल्दा मेक्सिको १७ अंकका साथ शीर्षस्थानमा छ। यस क्षेत्रबाट ३ टिम विश्वकपमा सिधै छानिनेछन्। त्यसैले मेक्सिको अब बाँकी खेलमा हारे पनि तेस्रो स्थानमा रहनेछ।
मेक्सिको विश्वकपमा छनोट हुने पाँचौ राष्ट्र हो। यसअघि नै आयोजक रसियासँगै ब्राजिल, इरान र जापान विश्वकपमा छनोट भइसकेका छन्।

प्रतिक्रिया