Bisal Chautari Logo

मिरा राईले बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड जितेर यसरी फर्फराइन नेपाली झण्डा (भिडयिो सहित)

- १ आश्विन २०७४, आईतवार ०६:१४ मा प्रकाशित


Mira Rai win ‘Ben Nevis Ultra’ race
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १ आइतबार । नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् ।
निर्धा्रित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् ।
आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।
संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो । पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार पाउनेछ ।

भिडीयो मिरा राईको फेसबुकबाट

प्रतिक्रिया