Bisal Chautari Logo

आकांक्षा भइन् पहिलो ‘मिस एभ्रेष्ट नेपाल’ || पुर्व मन्त्री लालबाबुले ताज पहिर्‍याइदिए (फोटोफिचरसहित)

- ४ आश्विन २०७३, मंगलवार १९:४६ मा प्रकाशित


miss everest nepal – 2016 winner Aakanshya Bhattarai
विशाल चौतारी समाचार
तस्बिरहरु तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ असोज ४ मंगलबार । आफ्ना ९ प्रतिस्पर्धीलाई पछि पार्दै आकांक्षा भट्टराई ‘मिस एभ्रेष्ट नेपाल–२०१६’को ताज जित्न सफल भएकी छिन् । टप ५ मा युवा चर्चित गायक कोशिश क्षेत्रीले सोधेको प्रश्नको सबैभन्दा उत्कृष्ट उत्तर लेख्दै उनले उपाधी चुमेकी हुन् । आकांक्षाले ‘मिस एभ्रेष्ट नेपाल–२०१६’को ताजसंगै सब–टाइटल बेस्ट ट्यालेन्टको उपाधीपनि आफ्नो पोल्टामा पारेकी छिन् । विजेता आकांक्षालाई पुर्व मन्त्री लालबाबु पंण्डितले ताज पहिराइ दिएका थिए ।
miss-everest-nepal-2016-winner-aakanshya-bhattaraiगत सोमबार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा भएको फाइनल कार्यक्रममा आकांक्षाले ‘मिस एभ्रेष्ट नेपाल–२०१६’को ताज आफ्नो शिरमा पार्दा फस्ट रनरअपको ताज सबिना गुरुङले जितेकी छिन् । त्यस्तै सेकेन्ड रनरअपको ताज मयुरिना गुरुङले आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअप सबिनाले सब–टाइटल अन्र्तगत बेस्ट फोटोजेनिकको उपाधीपनि आफ्नो पोल्टामा पर्दौ सेकेन्ड रनरअप मयुरिनाले मिस पपुलर र बेस्ट ड्रेसको उपाधी आफ्नो पोल्टामा पारेकी छिन् ।
miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-16पहिलोपटक भवानी इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस एभ्रेष्ट नेपाल–२०१६’को सब–टाइटल अन्र्तगत क्रमश बेस्ट क्यटवल्क अस्मिता थपलिया, मिस पंचुअल आस्था थापा, मिस बब्ली सबु श्रेष्ठ, मिस डिसिप्लेन सोनी थापा, बेस्ट स्माइल मनिषा थापा, मिस इन्टेलिजेन्ट गरिमा थापा र बेस्ट पर्सनालिटी पूर्णीमा गुरुङले जितेकी छिन् । ‘मिस एभ्रेष्ट नेपाल–२०१६’को निर्णायकहरुमा क्रमश चर्चित गायक कोशिश क्षेत्री, एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, दिपक बास्तोला र सावीत्री ढुङ्गाना रहेका थिए ।
miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-3नेपाली नारीहरुलाई उत्थान, तथा उनीहरुसंग लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस एभ्रेष्ट नेपाल–२०१६’ को फाइनल कार्यक्रममा बोल्दै भवानी इन्टरटेन्मेन्टका अध्यक्ष सोनितराज ढुङगेल आउने दिनहरुमा ब्युटिपेजेन्टबाट समाजमा सकारात्मक सन्देश फैलाउने बताए ।
miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-14अन्तिम प्रतिस्पर्धीहरुलाई पछिल्लो समय चर्चामा रहन सफल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफ गरेकी हुन् । ‘मिस एभ्रेष्ट नेपाल–२०१६’ का विजेताहरुलाई भवानी इन्टरटेन्मेन्टका अध्यक्ष सोनितराज ढुङगेल, कोरियोग्राफर हिमानी सुब्बा, निर्णायकहरुमा चर्चित गायक कोशिश क्षेत्री, एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, दिपक बास्तोला र सावीत्री ढुङ्गाना लगायतले ताज, ट्रफी र गिफ्टह्याम्परहरु प्रद्धान गरेका थिए ।
miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-21‘मिस एभ्रेष्ट नेपाल–२०१६’ को फाइनल कार्यक्रममा साङ्गीतिक प्रस्तुती, नृत्यहरु पनि समावेश गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा पुर्व मन्त्री लालबाबु पंण्डित, डा. सुभाष घिमिरे र विष्णु पाण्डेले आ–आफ्ना विचार राखेका थिए ।

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-7

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-6

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-22

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-20

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-19

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-18

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-4

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-15

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-24

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-13

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-12

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-11

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-10

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-9

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-8

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-2

miss-everest-nepal-2016-winner-aakanshya-bhattarai-1

प्रतिक्रिया