Bisal Chautari Logo

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का प्रतियोगीले देखाए विविध कला

- ६ चैत्र २०७३, आईतवार १९:२५ मा प्रकाशित


miss indigenous heritage nepal 2017 talent show
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत ६ आइतबार । गत शनिबार ‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाए ।
miss indigenous heritage nepal 2017 talent showराजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा प्यासिकपिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित ट्यालेन्ट शोअन्तर्गत ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का ४४ जना युवती प्रतिस्पर्धाले आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्ड तथा प्रि–जजिङ राउण्ड अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रतियोगीले गायन, नृत्य, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए । यस ट्यालेन्ट राउण्डमा कोरियोग्राफर रोजिन शाक्य, मोडल विपना थापा, उज्वलकृष्ण श्रेष्ठ, तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङ्बुङ, राम मादेन, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जन, व्यवसायिक अमरज्योती रञ्जितलगायत निर्णायक रहेका थिए । ट्यालेन्ट राउण्डको नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीहरु एक सातायता विभिन्न आदिवासी जनजाती क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट पनि आदिवासी शीप, कला, भाषा र संस्कारबारे प्रशिक्षण व्यस्त रहेका छन् । कार्यक्रमको अन्तिम स्पर्धा आउादो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

प्रतिक्रिया