Bisal Chautari Logo

मिस काठमाडौं नेपाल २०१७ को घोषणा

- ४ श्रावण २०७४, बुधबार ०८:४६ मा प्रकाशित


miss nepal kathmandu 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ४ बुधबार । कसमस ईन्टरटेन्मेन्ट हाउसले पहिलो पटक ‘मिस काठमाडौं नेपाल–२०१७ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका निर्देशक डेविड जंग बस्नेतले सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
miss nepal kathmandu 2017‘मिस काठमाडौं नेपाल–२०१७’ मा १७ वर्षदेखि २५ वर्ष उमेर समुहका बढिमा २५ जना अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्ने छन् । यो प्रतियोगितामा सहभागिता जनाउने प्रतिस्पर्धीले प्लस टु उत्तिर्ण गरेको हुनु पर्नेछ । ५ फिट तथा यो भन्दा बढि उचाइ भएका तथा मोडलिङ क्ष्ँेत्रमा करियर बनाउन चाहाने युवतीहरुले यो प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतियोगिताका लागि साउनको दोस्रो तथा तेस्रो साता काठमाडौंमा पहिलो तथा दोस्रो चरणको अडिसन कार्यक्रम आयोजना गरिने छ । अडिसनको क्रममा छनोट भएका प्रतिस्पर्धिहरुलाई भदौ १ गतेदेखि ३५ दिन लामो प्रशिक्षणमा सहभागि गराइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटोसेसनसहितका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ । प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुलाई स्थलगत भ्रमण तथा आउटडोर फोटोसेसनमा सहभागि गराइने छ भने ट्यालेन्ट शो पनि त्यही क्रममा आयोजना गरिनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले दसैंको घटस्थापनाको दिन अर्थात असोज ५ गते बिहिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया