Bisal Chautari Logo

सिटिभी मोवाइल ‘मिस राई–२०१७’को आवेदन खुल्ला || विजेतालाई स्कुटर

- १४ फाल्गुन २०७३, शनिबार १४:१७ मा प्रकाशित


ad

miss rai 2017 audition open
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन १४ शनिबार । किरात समुदायका युवतीहरुको व्यक्तित्व विकास, किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि गर्न आयोजना गरिदै आएको सिटिभी मोवाइल ‘मिस राई–२०१७’को आवेदन खुल्ला गरिएको छ । सिटिभी मोवाइल ‘मिस राई’को यो पाचौ संस्करण हो ।
miss rai 2017 audition openमिस राई २०१७ का सहभागी प्रतियोगीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्वि गर्न निम्न क्रियाकलापहरुमा समावेश गराईने आयोजकले बताएको छ :–
१ नृत्य तथा अभिनय
२ कोरियो ग्राफी
३ ग्रुमिङ
४ किरात राईहरुको उदगम भूमि हलेसी, तायाचुङ जायजुमको एतिहासिक भ्रमण
५ आकर्षक फोटो शुट
६ किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन, छलफल तथा अन्र्तक्रिया
७ किरात मुन्धुम दर्शन र यसको ऐतिहासिक आधारका विषयमा विशेष कक्षा
८ विभिन्न कार्यक्रममा प्रत्यक्ष सहभागी, तथा प्रयोगात्मक अभ्यास मार्फत विशेष ज्ञान आर्जन गर्ने अवसर
९ आमसंचार सम्बन्धी आधारभूत जानकारी ९ पत्रकारिता, उद्घोषणकला
१० काठमाडौं स्थित टाइम्स एफएम ९०.६ मेगाहर्जमा अन्र्तवार्ताको अवसर
११ सिटिभी मोवाइल मिस राई २०१७ को स्कूटर तथा फस्ट रनरप लाई आई फोन सेकेण्ड र थर्ड रनरप लाई सामसुम मोबाई
विजेतालाई मोवाईल प्रदान गरिने छ ।
सहभागिताको लागि नियमहरु :–
१ किरात राई जातीको अविवाहित चेली हुनुपर्ने छ ।
२ मानसिक सन्तुलन नगुमाएको हुनुपर्ने छ ।
३ कम्तिमा १६ वर्ष देखि २६ वर्ष ननाघेको हनुपर्ने छ ।
४ कम्तिमा एस.एल.सी उत्तिर्ण हुनुपर्ने ।
५ उचाई कम्तिमा ५ फिट हुनुपर्ने छ ।
६ संसार भरिकै देशहरुबाट सहभागी हुन सकिने छ ।

प्रतिक्रिया