Bisal Chautari Logo

एलिशा राई बनिन्, सिटिभी मोवाइल ‘मिस राई–२०१७’ || विजेतालाई स्कुटर (फोटो तथा भिडियोसहित)

- १९ बैशाख २०७४, मंगलवार ०८:३८ मा प्रकाशित


Miss Rai 2017 winner Alisha Rai
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७४ बैशाख १९ मंगलबार । सिटिभी मोवाइल ‘मिस राई–२०१७’को उपाधी एलिशा राईले जितेकी छिन् । यस वर्ष अन्तिम प्रतिस्पर्धामा सहभागी ११ प्रतिस्पर्धीलाई उछिन्दै एलिसा राईले सिटिभी मोवाइल ‘मिस राई–२०१७’ ताज पहिरिएकी हुन् । उनलाई मिस राई २०१६की बिजेता एलिशा राईले ताज पहिर्याइदिइन् । पाचौ संस्करणकी विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् ।
Miss Rai 2017 winner Alisha Raiकार्यक्रमका प्रमुख निर्णायक रिनेशा राईले सोधेको ‘आज यदि भगवान् सँग बरदान माग्नु पर्‍यो भने के माग्नु हुन्छ ? र किन ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै एलिशा राईले उपाधी जितेकी हुन् ।
Miss Rai 2017 winner Alisha Rai (15)काठमाडौको जमल स्थीत ‘राष्ट्रिय नाचघर’मा भएको भब्य अनी सभ्य फाइनल कार्यक्रममा एलिशाले उपाधी जित्दा इशारा राई फष्ट रनरअपको ताज आफ्नो शिरमा पार्न सफल भइन् । त्यस्तै क्रमश: सेकेन्ड रनरअपको उपाधी अस्मिता राईले आफ्नो पोल्टामा पार्दा, रोजि राईले थर्ड रनरअपको उपाधी जितिन् ।
Alisha Rai Miss Rai 2017 winnerकिरात राई मौलिक कला संस्कृति केन्द्रले किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै आएको सिटिभी मोवाइल ‘मिस राई–२०१७’को सब टाइटलहरुमा क्रमश : मिस ट्यालेन्टको उपाधी शर्मिला राईले आफ्नो पोल्टामा पारिन् । त्यस्तै बेस्ट फोटोजेनिक र भिवर च्वाइज अवार्ड रजनी राई, बेस्ट फ्रेण्डशिप एलिशा राई, बेस्ट स्माइल एलिना राई, बेस्ट वल्क अस्मिता राई, मोस्ट पंचुआलिटि कमला राई, बेस्ट डिसिप्लेन संगीता राई, बेस्ट कल्चर र बेस्ट ड्रेस प्रतिमा राई, बेस्ट हेयर रेश्मा राई, बेस्ट फिगर रोजी राई, बेस्ट पर्सानालिटि इशारा राई र मिस पपुलर विधामा सम्झना राईले जिते ।
Miss Rai 2017 winner Alisha Rai (17)सिटिभी मोवाइल ‘मिस राई–२०१७’को जजहरुमा क्रमश : चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ रहेका थिए । कार्यक्रमको व्यवस्थापन प्राज्ञ संगीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडरले गरेका थिए ।
विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र आयोजक संस्थाका अध्यक्ष अर्पन राई, जजहरु, प्राज्ञ संगीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडर लगायतले वितरण गरेका थिए । सिटिभी मोवाइल ‘मिस राई–२०१७’ कोरियोग्राफ कीरात बीन्द्रले गरेका थिए ।
सिटिभी मोवाइल ‘मिस राई–२०१७’को फाइनल कार्यक्रम साङ्गीतिक मय बनेको थियो । चर्चित गायक राजेश पायल राई, रुपकुमार राई, पार्वती राई, सन्तोस दुमी राई, बिक्रम राई, देबेश राई लगायतले स्टेज तताएका थिए । कार्यक्रमको होस्ट गायिका तथा आरजे सुस्मा राईले गरेकी थिइन्, भने अफियिसल मिडिया पर्टनर विशाल चौतारी डटकम रहेको थियो ।

Miss Rai 2017 winner Alisha Rai (13)

Miss Rai 2017 winner Alisha Rai (14)

Roji Rai Miss Rai 2017 - 3rd runnerup

Asmita Rai Miss Rai 2017 - 2nd runnerup

Ishara Rai Miss Rai 2017 - 1st runnerup

Miss Rai 2017 winner Alisha Rai (1) Alisha Rai Miss Rai 2017 winner-1

Miss Rai 2017 winner Alisha Rai (2)

Miss Rai 2017 winner Alisha Rai (8)

Miss Rai 2017 winner Alisha Rai (9)

Miss Rai 2017 winner Alisha Rai (18)

Miss Rai 2017 winner Alisha Rai (3)

Miss Rai 2017 winner Alisha Rai (4)

Miss Rai 2017 winner Alisha Rai (5)

Miss Rai 2017 winner Alisha Rai (6)

Miss Rai 2017 winner Alisha Rai (7)

प्रतिक्रिया