Bisal Chautari Logo

‘मिस राई–२०१८’को खोजी सुरु l धमाधम आवेदन लिइँदै

- १२ मंसिर २०७४, मंगलवार ०७:१७ मा प्रकाशित


miss rai 2018
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर १२ मंगलवार । ‘मिस राई–२०१८’ को खोजी सुरु भएको छ । किरातीहरुको नयाँ सम्बत यलेतोङ्बे ५०७८ को अवसरमा आयोजना हुने ‘मिस राई’का लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ । छैटौ संस्करणको यस प्रतियोगितामा किरात राई मौलिक कला संस्कृति केन्द्रले अबेदन फारम खुल्ला गरेको जनाएको हो ।
प्रतियोगितामा सहभागिताका लागि कम्तिमा ५ फिट उचाई तथा एसएलसी (एसईई) उत्तिर्ण १६ देखि २६ बर्ष उमेर समूहको किरात राई समुदायका अविबाहित युवती हुनु पर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । सहभागी हुन ईच्छुक सहभागीले २२ मंसिरसम्म अबेदन दिई सक्नुपर्ने जनाइएको छ ।
किरात राई मौलिक कला संस्कृति केन्द्र चाबहिल तथा धुन कला केन्द्र पुरानो बानेश्वरमा आबेनदन फारम लिन सकिने छ । आयोजकका अनुसार पहिलो चरणको अडिसन २३ मंसिरमा हुँदैछ ।
पुरानो बानेश्वर धुन कलाकेन्द्रमा लिइने पहिलो चरणको छनोटपश्चात १ महिना बन्द प्रशिक्षण तालिममा किरात राईहरुको साकेला नृत्य, कोरियोग्राफीलगायतका ग्रुमिङ कक्षा दिइनेछ । आयोजकका अनुसार ‘मिस राई–२०१८’ को बिजेतालाई स्कूटर तथा फस्ट सेकेण्ड र थर्ड रनरपलाई मोबाईल प्रदान गरिनेछ ।

प्रतिक्रिया