Bisal Chautari Logo

अक्षय बने ‘मिस्टर नेपाल २०१७’

- २१ जेष्ठ २०७४, आईतवार १७:५७ मा प्रकाशित


mister nepal 2017 winner Akshay Rayamajhi
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १८ बिहिबार । बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । अनामनगर स्थित लिवटी कलेज बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधी समेत जितेका उनले अभिनयका लागि बिभिन्न न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
mister nepal 2017 winner Akshay Rayamajhiत्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर सााझ सम्पन्न प्रतियोगितामा धुर्व बुढाथोकी, आषिस ताम्राकार क्रमस फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित हुादा डा. श्रीराम चन्द, अमृत दाहाल क्रमश फष्ट थर्ड रनर अप र फोर्थ रनर अप चुनिए । सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।
अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, सबिन श्रेष्ठ, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायक रहेको प्रतियोगीता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हुादै आएको आयोजक एक्सपोज नेपालमा म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।
उद्योग मन्त्री नबिन्द्रराज जोसी मुख्य अतिथी रहेको कार्यक्रममा कलाकार किरण केसी, चलचित्र प्रेम गीतका हिरो प्रदीप खड्का, निर्माता सन्तोस सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायत खेलकुद तथा अन्य क्षेत्रका बिभिन्न ब्यक्ति सम्मानित भए ।
१६ देखि ३५ बर्ष ननाघेका उत्साही युवाहरु सहभागी प्रतियोगीता युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायतका प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारेको बताउादै एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्षमा प्रतियोगीता झन् आकर्षक तवरले प्रस्तुत गरिने बताए ।
इमेज च्यानल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको प्रतियोगीतामा शुशिल नेपाल, कला सुब्बा र रोजिन शाही प्रस्तोताको रुपमा रहेका थिए । गीत, नृत्य र हाास्यको बेजोड प्रस्तुतिका बिच सम्पन्न प्रतियोगीतामा थुप्रै कलाकारको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया