Bisal Chautari Logo

६५० रुपैंयामा मोबाइल || काठमाडौंका तीन स्थानमा मनसुनमोबाइल मेगा अफर

- २५ जेष्ठ २०७६, शनिबार ०५:१४ मा प्रकाशित


Mobile Mela – nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ २५ शनिबार ।
चाबहिल चुच्चेपाटी स्थित के एलमोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुनमोबाइल मेगा अफर चल्ने भएको छ ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।
मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइलहबले मिलाएको छ ।
मोबाइलको ब्राण्ड र मूल््य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ता बन्दीमा मोबाईल खरिद गर्न सकिनेछ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युबसिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।
मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइलहबले जनाएको छ ।
केएल मोबाइलहब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइलहबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालन हुने छन । जेठ २७गते सोमबारदेखि चल्ने मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया