Bisal Chautari Logo

धादिङकी ७ वर्षीया बालिका दिक्षाको धमकेदार डान्स पर्फमेन्स हेर्नुहोस् – ‘प्रतिभाको सम्मान गरौ’

- २२ मंसिर २०७३, बुधबार ०५:१० मा प्रकाशित


Dikshya Thakuri (7 year child) Siraima Sirbandi PANI PARYO Gaatho dance performance
विशाल चौतारी समाचार

भिडियो : विशाल राई
काठमाडौ, २०७३ मंसिर २२ बुधबार । जब स्टेजमा ‘सिरैमा सिरबन्दी, पानि पर्‍यो’ बोलको गीत घन्किन थाल्यो, तब दर्शक दिर्घाबाट छुट्टै रौनक छायो । त्यो स्टेजमा रौनक भर्ने काम धादिङकी ७ वर्षीया बालिका दिक्षा ठकुरीको डान्स पर्फमेन्स थियो ।
dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance-6  गत १८ गते धादिङबेसीमा मिस एण्ड मिसेस धादिङ आइडल –२०१६ को फाइनल कार्यक्रममा दिक्षा जब स्टेजमा उक्लिइन्, उनको डान्स पर्फमेन्स देखेर सबै दर्शकहरु चकित खाए । दर्शक दिर्घाबाट उनको डान्स कला देखेर सबै दर्शकहरु वान्समोर भन्दै उठेर उनको हौसला बढाइरहेका थिए ।
साही कार्यक्रममा चर्चित अभिनेत्री सन्चिता लुइटेलपनि अतिथी बनेर पुगेकी थिइन् । उनको डान्स जादु हेरेपछी अभिनेत्री सन्चितापनि चकित खाइन् । पर्फमेन्स सकिएपछि दर्शकदिर्घाबाट एक जनाले दिक्षालाई स्टेजमै बोलाएर केही रकमसहित सम्मानित गरे । दिक्षाले ‘स्टेप अप धादिङ’ डान्स एकेडेमीबाट डान्स गरेकी थिइन् ।
dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance-5‘स्टेप अप धादिङ’ डान्स एकेडेमीले यही गीतलाई कभर गरेर युट्युवमा अपलोड गरेका थिए । यो कभर डान्सलाई करिव २ महिनामा ४ लाख ४९ हजारले हेरिसकेका छन् । यही कभर भिडियोमा सानी बालिका दिक्षाको डान्स देख्न सकिन्छ । दिक्षाले कभर गरेको अन्य भिडियोहरुपनि युट्युवमा अपलोड भएका छन् । जुन १ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् । यी सबै डान्स कभरहरुको डाइरेक्सन कन्सेप्ट तथा कोरियोग्राफी ‘स्टेप अप धादिङ’ डान्स एकेडेमीका इमान तामाङले गरेका हुन् ।
सात वर्षिया बालिका दिक्षा ठकुरीलाई सबैले हौसला दिन जरुरी छ । दिक्षाले नेपाललाई आफ्नो कलाबाट विश्वलाई चिनाउन सक्छिन् ।

dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance

dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance-6

dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance-4

dikshya-thakuri-7-year-child-siraima-sirbandi-pani-paryo-gaatho-dance-performance-2

प्रतिक्रिया