Bisal Chautari Logo

गायक एकदेवको लिम्बु इतिहास झल्काउने गीत ‘नावा खोला थाक्माङ’

- ४ असार २०७४, आईतवार ०४:५७ मा प्रकाशित


Ekdev Limbu song Lai Bari Lai Bari-Nawa Khola
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ ४ आइतबार । युवा गायकहरुको भिडमा आफुलाई फरक शैली र विधामा उतार्न सफल गायक हुन्, एकदेव लिम्बु । यही क्रममा एकदेवले फरक स्वादको गीत ‘नावा खोला थाक्माङ’ बोलको गीत आफ्नै युटुयुव च्यानलबाट सार्वजनिक गरेका छन् ।
Ekdev Limbu song Lai Bari Lai Bari Nawa Kholaलिम्बु भाषामा रहेको गीत विल्कलै फरक संगीत रहेको गायक एकदेवले बताए । उनले भने,‘–दर्शकहरुका लागी यो नया स्वाद हुन सक्छ । उइले मेला, हाट बजार जाँदा चाम्रे र आलु गुन्द्रुकको तरकारी, फिलिङगे र याक्कोसे फान्दोको अचार खाको अनुभुति गराउछ’, गायक एकदेवले बताए ।
गायक स्वयम एकदेवले निर्देशन गरेको भिडियो अर्गानिक टिपिकल भिडियो बनेको छ । सुवर्ण नेम्बाङको शब्द रहेको गीतमा कमल रसाइलीको संगीत रहेको छ । टेकेन्द्र याक्सोको एरेन्ज रहेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङफेले खिचेका छन् । भिडियोमा दिनेस माङमुर, सेरबहादुर तुम्बाहाङफे र सेसे तुम्बाहाङफेको अभिनय रहेको छ । भिडियोमा बिनय कंसकरको सम्पादन रहेको छ ।

Lai Bari Lai Bari-Nawa Khola[Limbu Song]-Ekdev Limbu [OFFICIAL]

प्रतिक्रिया