Bisal Chautari Logo

‘लभ यु हमेशा’को ट्रेलर सार्वजनीक (भिडियो सहित)

- १ कार्तिक २०७६, शुक्रबार १५:५४ मा प्रकाशित


Love You Hamesha || Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ कार्तिक १ शुक्रवार ।
कार्तिक २२ गते देखि देशभर प्रदर्शन हुने चलचित्र ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक हुन एक साता अघि अर्थात् १५ कार्तिकमा भारतका केही राज्यमा समेत प्रदर्शन हुने तयारीमा रहेको चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।

प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । चलचित्रका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगीदर्शकलाई विभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् । दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्ण हलबाट सुरु गरिएको हो । चलचित्रका नायक यशराज गरच, नायिका फिजा योन्जन, ऋचा थापा तथा हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । कलाकारको टोली शुक्रबार कमलपोखरीस्थित बिग सिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै चलचित्रको प्रचार गरेको थियो ।
निर्देशक प्रधानकै लेखन रहेको चलचित्र यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ताएकजनादर्शकलाई नगद २५ सयका साथमाबिभिन्नउपहार प्रदानगर्ने घोषणा गरेको छ । चलचित्र प्रदर्शन भन्दादुई साता अघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाईभ शो मार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ ।
धर्मा क्रियशनको ब्यानरमा निर्माणभएको चलचित्र शिबढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणाश्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ । ट्रेलर हेर्नुस् :

प्रतिक्रिया