Bisal Chautari Logo

नम्रता र कोशिशको चलचित्र ‘पर्व’को सस्पेन्स–थ्रीलर ट्रेलर रिलिज (भिडियो सहित)

- १० बैशाख २०७४, आईतवार १८:२० मा प्रकाशित


Namrata Shrestha, Koshish Chhetri, Mala Limbu PARVA Movie Full press Meet
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ७ बिहिबार । बहुप्रतिक्षित चलचित्र ‘पर्व’को सस्पेन्स–थ्रीलर ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको मोसन पोष्टर र ट्रेलर रिलिज गरिएको हो ।
Namrata Shrestha, Koshish Chhetri, Mala Limbu PARVA Movie Full press Meetगोपिकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो चलचित्र ‘जेठ १२’ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
निकिता पौडेल र सुवास गिरीले निर्माण गरेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भने–‘यो चलचित्रको कथा सुन्दा मलाई निर्देशन गर्न सक्छु र भन्ने लागेको थियो । तर, अहिले चलचित्र हेरिसकेपछि भने केही नयाँ काम गरेछु जस्तो लागेको छ ।’
निर्माता सुवास गिरीले चलचित्र उत्कृष्ट बनेको र नेपाली चलचित्रका लागि फरक स्वाद हुने सुनाए । नायिका नम्रता श्रेष्ठले चलचित्रमा आफूहरुले मिहिनेत गरेको भन्दै राम्रो कथामा चलचित्र बनेको बताइन् ।
नायक, कोशिश क्षेत्रीले आफ्नो भूमिकाको बारेमा प्रष्ट पार्दै चलचित्रमा बिरामी प्रेमिकालाई माया गर्ने एक यूवक र लेखकको भूमिकामा रहेको सुनाए ।
यो चलचित्रमा समावेश ‘काले दाई काले दाइ’ बोलको गीतको भिडियो अहिले सर्वाधिक चर्चित छ । युटुबमा यो गीतको भिडियो ९१ लाख भन्दा बढी पटक हेरिएको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन छ ।

PARVA – New Nepali Movie Official Trailer 2017 Ft. Namrata Shrestha, Koshish Chhetri, Mala Limbu

Casts: Namrata Shrestha,Koshish Chhetri, Mala Limbu,Keshav Bhattrai, Jebicca Karki, Amitesh Shah, Priya Rijal,Shreyansh Timilsina
Singers: Nishcal Basnet, Meena Niraula
Lyrics: Dinesh Raut
Music: Koshish Chhetri
VFX / Motion Graphics: Vijay Bashyal
Colourist: Ananta Ghimire
Post: Cinezone Studio
Choreographer: Kabiraj Gahatraj
Publicity Design: Shann Thapa & Vijay Bashyal (Tauwa Creation)
Production Manager: Manoj Joshi
Art Director: Faraz Arpan
Costume Designer: Ashish Poudel
Asst Directors: Shann Thapa , Suresh Neupane
Chief Asst Director: Dinesh Rawat
Associate Director: Bikash Subedi
Line Producer: Bishnu Subedi
Action: Himal KC
Production Design: Suraj Acharya
Screenplay/Diolouge: Kiran Micheal Ghimire
Story: Koshish Chhetri
Editor: Banish Shah
Theatrical Trailer: Shahil Khan
DOP: Rajesh Shrestha
Producers: Nikita Poudel, Subas Giri
Director: Dinesh Raut

प्रतिक्रिया