Bisal Chautari Logo

हाँस्य सिरियल ‘हिजो आजका कुरा’मा चलचित्र बन्दै, सन्तोष र रमाको जोडी पर्दामा

- १ कार्तिक २०७६, शुक्रबार १४:५९ मा प्रकाशित


Hijo Aaja Ka Kura,movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ कार्तिक १ शुक्रवार ।
नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका कुरा’मा चलचित्र बन्ने भएको छ । ‘हिजो आजका कुरा’लाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्नेछन् । शुक्रबार प्रेसमिट गर्दै चलचित्र बारे औपचारिक घोषणा गरिएको हो ।

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाण्डौंका चार परिवारहरुको पारिवारिक समस्या, संघर्ष, आतरता जस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशी सपना पुरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई हिजो आजका कुरामा समावेश गरिने कथाकार, कलाकार तथा निर्माता सन्तोष पन्तले बताए । ‘अहिले नेपालीहरुको दैनिकीमा विदेश जाने लहर थपेपछि हुने उत्साह, उमंग र तीसँगै आउने कठिनाइलाई चलचित्रमा हाँस्य रुपमा प्रस्तुत गरिनेछ’,चलचित्र निर्देशनमा पहिलो पटक हात बढाएका साकार पन्तको भनाई छ ।
यस चलचित्र प्रोडक्सनद्वार निर्माण हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्कीको मुख्य भूमिका रहनेछ । यी सँगै हाँस्यव्यांग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारी पनि चलचित्रमा रहनेछन् ।
‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र साकार पन्त मिलेर तयार गरेका हुन् भने लेखन कार्य सन्दीप किस्नाले गरेका छन् । चलचित्रमा संगीत हर्कुलेस बस्नेतको रहनेछ ।

प्रतिक्रिया