Bisal Chautari Logo

नम्रताको एक्सनले भरिएको ‘जाइरा’ टिजर रिलिज (भिडियो सहित)

- २२ जेष्ठ २०७६, बुधबार १९:१३ मा प्रकाशित


namrata shrestha xira teaser
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ २२ बुधबार ।
अभिनेत्री नम्रता श्रेष्ठको एक्सनले भरिएको चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । यो चलचित्रको केन्द्रिय भूमिकामा नम्रता छिन् ।

डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेत्री श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । साथमा, चलचित्रमा नयाँ कलाकारको रुपमा श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ । श्रृजना रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा देखिएकी छिन् ।

चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा तयार पारिएको हो ।
केशव थापाको नृत्य निर्देशन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ । चलचित्रलाई मार्सल आर्टिस्टको बदलाको कथामा तयार पारिएको नायिका नम्रता श्रेष्ठले बताइन् । श्रेष्ठले, यो चलचित्रमा मार्शल आर्टिष्टको रुपमा देखिन निकै नै मिहिनेत गरेको बताइन् । उनले, एउटा राम्रो महिला एक्सन चलचित्र बनाउन खोजिएको बताइन् । अभिनेत्री नम्रता भन्छिन्, ‘शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ । हामीले एउटा राम्रो महिला प्रधान एक्शन फिल्म बनाउने प्रयास गरेका छौँ ।’ निर्देशक श्रेष्ठले दर्शकलाई निराश बनाउन हुँदैन भन्ने मान्यतका साथ आफूले फिल्म बनाएको बताए । साथै चलचित्रको बारेमा बोल्ने क्रममा सबै कलाकारले अभिनेत्री नम्रताको तारिफ गरेका थिए ।

तस्बिरहरु : रुपेश सेन्चुरी

प्रतिक्रिया