Bisal Chautari Logo

नम्रताको एक्सनले भरिएको ‘जाइरा’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २२ श्रावण २०७६, बुधबार ०९:१४ मा प्रकाशित


Namrataa Shrestha movie XIRA Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, २२ बुधबार ।
अभिनेत्री नम्रता श्रेष्ठको पछिल्लो चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौं ठमेल स्थित एक हलमा प्रेसमिटको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट १ सेकेण्ड लामो ट्रेलर इन्गेजिङ्ग छ । सार्वजनिक ट्रेलरमा नम्रताको प्रेम र बदला भाव देखिइएको छ । उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनको लागि मार्सल आर्ट प्रशिक्षण लिन्छिन् । ट्रेलरमा नम्रतासंगै एक्सनमा सिर्जना रेग्मीको पनि भिलेन अवतार देख्न सकिन्छ । यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ । फिल्मका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । फिल्मको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ ।

आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेको छन् । यो चलचित्र भदौ ६ गते देखि प्रर्दशन हुँदैछ ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया