Bisal Chautari Logo

गम्भिरको नशालु हेराइले एलिशा घायल || गायिका यशोदाको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

- २५ आश्विन २०७४, बुधबार ०४:५२ मा प्रकाशित


Nashalu Timro | Yashoda Khaling Rai Ft. Alisha Rai & Gamvir bista | (Official song) New Nepali Song 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज २५, बुधबार । गायिका यशोदा खालिङ राईको नयाँ गीत ‘नशालु तिम्रो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई विशा चौतारी मिडिया प्रालीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायिका यशोदाको एल्बम ‘यशोदा–२’मा समावेश गीतमा आसुतोष राईको शब्द, दिनेश न्यौपानेको संगीत तथा एरेञ्ज रहेको छ ।
सार्वजनिक भएको म्युजिक भिडियोलाई कोरियोग्राफर तथा मोडल गम्भीर विष्टले निर्देशन गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त मोडल एलिशा राई र निर्देशक स्वयम गम्भिर फिचरिङ छन् । निकै रामान्चक अनी कलरफुल बनेको म्युजिक भिडियोमा अभिनेत्री एलिशाको नृत्य देख्न सकिन्छ । साथै एलिशा र गम्भिरको क्यामेष्ट्रिपनि तारिफ योग्य रहेको छ ।
यस म्युजिक भिडियोलाई अहिलेका अर्का चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेका छन् । यस म्युजिक भिडियोलाई नविन निरौलाले सम्पदन तथा कलर गरेका छन् ।

प्रतिक्रिया