Bisal Chautari Logo

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा

- २६ माघ २०७४, शुक्रबार १०:५९ मा प्रकाशित


Ncell brought packed valentines
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २६ शुक्रबार। एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर बिभिन्न अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा १५ दिनका लगि असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको हो ।
उक्त डाटा प्याक आज बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने छ । प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् । यो भ्वाइस प्याक २४ घण्टाको लागि मान्य हुनेछ ।
भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया