Bisal Chautari Logo

नेइमारले मेसीलाइ भने–धन्यबाद प्रिय दाजु तिमीलाई मिस गनर्छेु

- २० श्रावण २०७४, शुक्रबार ०७:३९ मा प्रकाशित


Nemark said to Lionel Messi, miss you brother
एजेन्सी
बर्सिलोना, २०७४ श्रावण १९ शुक्रबार ।  नेइमारले केहि दिन अगाडि मात्र बार्सिलोना छाडेका छन् । सन् २०१३ मा ब्राजिलको सान्तोष क्लबबाट बार्सिलोना आएका ब्राजिलियन स्टार नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने भएपछि अर्जे्न्टिनाका सुपरस्टार लिओनल मेसी निकै भावुक बनेका छन् ।

nemark                                                                             इन्स्टाग्राममा मेसीले राखेको फोटो

मेडिकलका लागि नेइमार बुधबार पोर्चुगलको पोर्टोतर्फ उड्नुअघि बार्सिलोनाका आफ्ना साथीहरुलाई भेटेर केहि समय बिताएका थिए ।

उनी आफ्नो नीजि विमानबाट पोर्टोतर्फ उडेपछि सााझ मेसीले इन्स्टाग्राममा एउटा सन्देश पोस्ट गरे, ‘तिमीसाग बिताएका हरेक क्षणले मलाई असिमित आनन्दको अनुभूत गराउनेछ। प्रिय साथी नेइमार, तिमीलाई जीवनको नयाा सुरुवातका लागि बधाई तथा शुभकामना। फेरि भेटौला। तिमीलाई धेरै माया गर्ने।’

मेसीले इन्स्टाग्राममा यो सन्देश पोस्ट गर्दै ड्रेसिङ रुममा आफ्नो र नेइमारको सजाइएको जर्सी र बुटको फोटो राखेका छन्। उनले च्याम्पियन्स ट्रफी जित्दा यी दुईले खिचेको तस्बिर पनि पोस्ट गरेका छन्।

नेइमारले पनि मेसीको सन्देशको तुरुन्त उत्तर दिएका छन्। जसमा उनले लेखेका छन् । धन्यबाद दाजु। तिमीलाई ‘मिस’ गर्नेछु, अकंल।’

नेइमार २०१३ मा बार्सिलोनामा आवद्ध भएका थिए। उनीहरुले सागै सयभन्दा बढि खेल बार्सिलानाबाट संयुक्तरुपमा खेलेका थिए। यो जोडी मिलेर च्याम्पिन्स लिग, ला लिगा र कोपा डेल रेजस्ता महत्वपूर्ण उपाधि क्लबका लागि जितेका थिए।

प्रतिक्रिया