Bisal Chautari Logo

नेपालले बंगलादेशलाई १–० ले हरायो

- २७ असार २०७४, मंगलवार १२:२२ मा प्रकाशित


nepal banngladesh football game
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २७ मंगलबार । २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक(शून्यले हरायो ।

nepal and banngladesh football
नेपालको लागि विजयी गोल २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले गरेका थिए । अन्जन विष्टको पासलाई घर्तीमगरले कुनै गल्ती नगरी जाली चुमाए ।
संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलको रूपमा बङ्गलादेशको राष्ट्रिय टोलीसाग मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया