Bisal Chautari Logo

नेपाल भारत सीमा तीन दिन ठप्प हुने

- ६ मंसिर २०७४, बुधबार ०७:३० मा प्रकाशित


Nepal border will be stuck for three days
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०६ बुधवार । दोस्रो चरण्को चुनावका लागि नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएको छ ।
                                                                                                                                फाइल फोटो

नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सीमा जिल्ला समन्वय समितिको बैठकले मंसिर १८ गते बेलुका ६ बजेदेखि मंसिर २१ गतेसम्म ७२ घण्टा सीमा बन्द गर्ने निर्णय गरेको हो ।
चुनावमा हुने बिभिन्न अपराधिक घटना हुन नदिनका लागि सिमा बन्द गरेको हो ।
बैठकमा सीमापार अन्य अपराधका बिषयमा समेत कुराकानी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

प्रतिक्रिया