Bisal Chautari Logo

घरेलु मैदानमै नेपालले मलेसियालाई ८ विकेटले हरायो

- २८ कार्तिक २०७४, मंगलवार ०८:११ मा प्रकाशित


Nepal defeated Malasiya by 8 wickets
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य भेट्टाउन नेपालले ५.३ ओभरमा ५१ रन बनाएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन।
नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनाएको थियो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११।६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो
नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए ।
नेपालका लागि अनलिकुमार शाहले १५ बलमा २६, दीपेन्द्र ऐरीले ३ बलमा १२, आसिफ शेखले १४ बलमा ४, भीम सार्की १ बलमा तीन रन बनाएर लक्ष्य सहजै भेट्टाए ।

 

प्रतिक्रिया