Bisal Chautari Logo

नेपालले फिलिपिन्ससँग गोल रहित बराबरी, अनिलले जीवनको अन्तिम खेलमा १० मिनेट मात्र खेल्न पाए

- २८ कार्तिक २०७४, मंगलवार १०:३६ मा प्रकाशित


Nepal equals with the Philippines
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको पाचौँ खेलमा बराबरी गोल रहित खेलेको छ ।
नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो । छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ ।
समूह एफमा फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको यमनको ४ खेलबाट ६ अंक छ । छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४ १ गोलले पराजित भएको थियो ।
अनिल गुरुङको सन्यास
फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्रा्ष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्रा्ष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्रा्ष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।
सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्रा्ष्ट्रिय गोल गरेका थिए ।

प्रतिक्रिया