Bisal Chautari Logo

नेपाल आइडलको टप ४बाट सागर आले बाहिरिए || बुद्ध लामालाई सर्बाधिक मत (मत परिणामसहित)

- २३ भाद्र २०७४, शुक्रबार १८:०३ मा प्रकाशित


Nepal Idol top 4 sagar ale
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २३ शुक्रबार । ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन् । सागर आउट भएसंगै, बुद्ध लमा, प्रताप दास र निशान भट्टराई रियालिटी शो नेपाल आइडलको टप थ्रीमा पुगेका छन् ।
नेपाल आइडलबाट बाहिरिदा गहभरी आसु बनाएर बाबा,आमालाई सम्झदै आफ्ना फ्यानहरुलाई आफुलाई नेपाल आइडलले यसरी फ्याल्यो उसरी फाल्यो नभन्न आग्रह समेत गरे । उनको यो अभिब्याक्ति अहिले सामाजिक संञ्जालमा छाइरहेको छ । धेरै सेलिव्रेटिले उनको तारिफ गरेका छन् ।
शुक्रबार भएको कार्यक्रमबाट चितवनका सागर आले आउट भएपछि अब फाइनलमा प्रतिश्पर्धा गर्ने अन्तिम तीन जना छानिएका हुन् । गत हप्ता भएको कार्यक्रमको भोटको आधारमा सबैभन्दा कम मत पाएका सागर आउट भएका हुन् । नेपाल आइडलको ग्राण्ड फिनालेमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास पुगेका छन् ।
अब ग्रान्ड फिनालेका लागि आगामी सातादेखि एक हप्तासम्म भोट गर्न पाउने आयोजकले जानकारी दिए । ग्राण्ड फिनाले कतारको राजधानी दोहामा सेप्टेम्बर २२ अर्थात असोज ६ गते हुादैछ । त्यहीबाट नेपालले प्रथम नेपाल आइडल पाउदैछ ।
नेपाल आइडलले उपाधिसागै महिन्द्राको कार, २० लाख नगद पुरस्कार पाउनेछ । त्यस्तै फस्ट रनअरअपले १५ लाख र सेकेण्ड रनअरअपले १० लाख नगद पुरस्कार पाउादैछन् । दोहामा हुने ग्राण्ड फिनालेमा नेपाल आइडलका टप १२का प्रतिश्पर्धीसहित नारद खतिवडा, नलिना चित्रकार, हेमन्त राना, र तेरिया मगर दोहा जानेछन् ।

को हुन् सागर आले ?

प्लस टुसम्म अध्ययन गरेका चितवनका सागर आले मगरले नेपाल आइडलमा उत्कृष्ट ४ सम्मको यात्रा तय गरे। २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन उत्तिकै खप्पिस छन् । अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायन कौशल र स्वर नेपाल आइडलबाटै खारिएको उनले बताउदै आएका छन्।
नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ । उनी भन्छन्, ‘परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएको हु । सागरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।

मत परिणाम नतिजा :

टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन ।
पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने बिबरणपनि सार्वजनिक भएको छ । जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लो पटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सर्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।
बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।
तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । (मत परिणामसहित स्रोत : अनलाइन खबर)

प्रतिक्रिया