Bisal Chautari Logo

नेपाल आईडलका तीन उत्कृष्टले कसरी र कहाँ कहाँ भोट अपिल गरे। कस्को बढि देखियो क्रेज (फोटो फिचर सहित)

- २९ भाद्र २०७४, बिहीबार १०:२२ मा प्रकाशित


nepal idol top three emulous
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २९ बिहिबार। एपी वान टेलिभिजन द्वारा प्रसारित नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को फिनालेमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पुगेकाछन् । ‘नेपाल अइडल’को फिनाले सेक्टेक्बर २७ मा कतारको दुवामा हुने आयोजकले बताएकाछन् ।
आफ्नो घर परिवारलाई भेट्न र भोट अपिल गर्न चर महिना पछि टेलिभिजनले नेपाल आईडलका उत्कृष्ट तीनलाई घर फर्काएको हो । नेपाल आइडलका उत्कृष्ट तीनले आफ्ना समर्थकहरुलाई भोट अपिल गरि काठमाडौं फर्केकाछन् ।
कसरी र कहाँ कहाँ भोट अपिल गरे।
बुद्ध लामा
नेपाल आईडल फाईनलका उत्कृष्ट ३ मध्येका एक बुद्ध लामा भोट अपिल गर्दै आफ्नो गृह जिल्ला कास्किको पोखरा पुगेका छन् । कास्किको पोखरामा उनलाई उनका समर्थकहरु र फ्यानहरु बाजागाजा सहित ऐयरपोटमा नै स्वगत गर्न पुगेका थिए ।
पोखरामा उनले भोट अपिल गर्दै ‘मोहनी लाग्ला है गाउलेको बोलीले’ लगायतका गित गाएका थिए । उनका परिवार र पोखरम बासिहरु एकदमै खुसि छन् र बुद्ध लामा जिताउ अभियान चलाएरका छन्।

निशान भट्टराई
नेपाल आईडल फाईनलका पुग्न सफल भएका निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुगेका छन् ।
बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो । “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे । भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे–हम्मे पर्यो । फ्यानहरुले घेरेकै कारण अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो


प्रताप दास
नेपाल आईडल फाईनलका उत्कृष्ट ३ मध्येका अर्को एक प्रताप दास हुन । कार्यक्रम सुरू हुनु तीन घन्टा पहिले देखिनै लगनखेलमा नेपाल आइडल प्रतिस्पर्धी प्रताप दासको हर्ने सयौं समर्थक भेला भएका थिए। प्रताप दास नेपाल आइडलको आस भन्दै केटी फ्यानहरु हुटिङ गरिरहेको थियो। प्रताप ढाका दौरा सुरुवाल र टोपीमा सजिएर प्रस्तुत भए।
भेट अपिल गर्दै काभ्रे पुगेका प्रताप दास त्यँह पनि उनका सार्मथकहरु एतिकै र फ्यानहरु एतिकै देखिन्थे र प्रताप दासलाई जिताऔं र नेपाल आइडल हुने पक्का हो भन्दै हुटिङ लगाई रहेको थियो ।
अहिले नेपाल आइडलका उत्कृष्ट तीनै जनाले आ–आफ्नो परिवार र सर्मथकासँग भेटेर भोट अपिल गरि काठमाडौं फर्किसकेका छन् ।

प्रतिक्रिया