Bisal Chautari Logo

सुत्केरी चन्द्रा शाहको मृत्युबारे छ बँुदे सहमति

- २८ मंसिर २०७४, बिहीबार ०५:४९ मा प्रकाशित


Six consent on Chandra Shah’s death
विशाल चौतारी समाचार
कालीकोट,२०७४ मंसिर २८ विहिवार । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्दा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा छ बुँदे सहमति भएको छ ।
कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला अस्पताल कालीकोटका प्रमुख कौशल अलि, खांडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, राजनीतिक दलका प्रमुख र पीडित पक्षका आफन्तसँगको छलफल भएको छ ।
उक्त छलफलबाट जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, शल्यक्रियामा संलग्न डाक्टर कौशल अलि र महेश्वर गोसाइलाई छानबिन र उपचारमा प्रयोग भएका सामग्रीलाई उचित अनुसन्धान गर्ने, सो घटनाको केन्द्रीयस्तरमा छानबिनका लागि समिति गठन गर्ने, जिल्ला अस्पताल कालीकोटमा दक्ष जनशक्ति र साधन स्रोतका लागि विशेष व्यवस्थाका लागि पहल गर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए ।
कालीकोट जिल्लामा यस अघिका डाक्टर सुमन ढकालबाहेक अन्य प्रमुखले उपचारमा ध्यान नदिएका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको छ । रासस

प्रतिक्रिया