Bisal Chautari Logo

नेपाल आईडल बिजेता बुद्धसंगै निशान र प्रतापले अस्ट्रेलिया तताउने

- १८ आश्विन २०७४, बुधबार १०:५३ मा प्रकाशित


nepal idol winner buddha lama, nishal bhattarai and pratap das live concert in australia
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज १८, बुधबार । नेपाल आईडलका बिजेतासहित टप ३ को प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । कार्यक्रममा नेपाल आइडलका बिजेता बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो ।
सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहा नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो । एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने छ ।
नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।

टुडिखेल कन्र्सट

NEPAL IDOL – Top 3 Finalist Porformance in Tudikhel || full Program – buddha, pratap, nishan

प्रतिक्रिया